दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिनको म्यान थप गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको भन्दै अभिव्यक्ति दिएका थिए ।
त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको आरोप लगाएका थिए ।