रवि लामिछानेको आजको बयान सकियो

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १७:३७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सम्पन्न भएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंमा लिएको बयान सकिएको हो ।

बिहान ९ बजेदेखि सुरु भएको उनको बयान करिब साढे ६ घण्टा लामो समयपछि दिउँसो ३ः३० बजेसकिएको हो ।

उनलाई सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि बिहीबार साँझ काठमाडौं लगिएको थियो । उनी कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका थिए । लामिछानेमाथि अनुसन्धान गर्न हालसम्म ५ पटक म्याद थपेको छ ।