संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ मंसिर १७,सोमबार १७:३३
file-photo

काठमाडौं । संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गते बस्ने गरी बैठक आह्वान गरेको हो ।

समितिले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक समितिको सचिवालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।

गत असोज ४ गते यता विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुन सकेको छैन । विधेयकमाथि संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

संशोधनकर्ता सांसदहरुको प्रस्ताव समेतका आधारमा अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।