नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

तु खबर संवाददाता
२०८१ मंसिर २१,शुक्रबार १६:२५
file-photo

मकवानपुर । हेटौंडा दूध वितरण आयोजना कार्यालयले पछिल्लो चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनासम्ममा सो रकम बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको आयोजना कार्यालयका प्रमुख राजीव खनालले जानकारी दिए ।

उनका अनुसार, गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०÷८१ को अवधिमा सात करोड १२ लाख मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको उनले बताए ।