कांग्रेसद्वारा गण्डकीको सांसदमा सुनिता थापाको नाम अनुमोदन

तु खबर संवाददाता
२०८१ मंसिर २४,सोमबार १५:४१

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापाको नाम अनुमोदन गरेको छ ।

कांग्रेस कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी उनलाई सांसद बनाउने निर्णय गरेको हो ।

बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएपश्चात रिक्त रहेको उक्त पदमा थापालाई पउाउने भएको हो ।