बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजुबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका–१० घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ल रहेका छन् ।
जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।