गढीमाई मेला सुरक्षाको लागि पाँच सय सशस्त्र प्रहरी परिचालन
काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब पाँच सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यही मंसिर १ गतेदेखि सुरु भएको मेला मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ जनाइएको छ ।
मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग (कुकुर) पनि परिचालन गरिएको छ । मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित परिचालित गरिएको छ ।
उक्त मेलामा ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्र बल नेपालले उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरील जनाएको छ ।-