बागमती प्रदेश दुग्ध बिकास बोर्डको उपाध्यक्षमा पौडेल
हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् ।
मंसिर २५ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश दुग्ध बोर्डको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
पौडेल चितवनको राप्ती नगरपालिका–७ निवासी हुन् ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्यविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा मनोनित गर्न पनि सहमति प्रदान गरेको प्रवक्ता लामिछानेले बताए ।