लागूऔषध गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर २८,शुक्रबार १६:१५
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट शुक्रबार बिहान अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित धादिङको थाक्रे गाउँपालिका–३ निगाले बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५२७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।