पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनी निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गरे । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गरे ।
यस्तै, महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्की निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित भए ।
महासंघको सचिवमा केशव सुवेदी निर्वाचित भएका छन् । इन्द्रप्रसाद बञ्जारालाई पराजित गर्दै केशव सुवेदी महासंघका सचिवमा निर्वाचित भएका हुन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गरे ।
कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित भए । अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुँदा एमपी शर्माले ५१ मत प्राप्त गरे ।
सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गरे ।
समावेशी सहसचिवमा रुपा गुरुङलाई पराजित गर्दै सन्नु रिजाल निर्वाचित भएका छन् । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा स्मिता अर्जेल ५५ मत प्राप्त गर्दै निर्वाचित भए । जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ५५ मत, खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५० मत) निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत कूल ११७ जना मध्ये १०७ जनाले मात्र मतदान गरेका थिए ।