उद्योगमन्त्री दामोदर भण्डारी दक्षिण कोरिया प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
मन्त्री भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएको अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबिच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता हुनेछ ।
साथै उनले कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमा समेत छलफल गरिने जनाइएको छ ।