बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ पुष ३,बुधबार १५:४०

काठमाडौँ । बझाङ जिल्ला केन्द्रविन्दु भएर आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर २ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्र बझाङको धमेना आसपासमा रहेको थियो ।

यो भूकम्प बझाङ र आसपासका जिल्लामा प्रकट भएको जनाइएको छ । गत मंगलबार पनि बझाङको धमेना क्षेत्रमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।