धितोपत्र बोर्डका कार्यकारी निर्देशकले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् ।
उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।
पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएको बोर्ड स्रोतले जनाएको छ । साथै, स्रोतका अनुसार, उनले सो अवधिमा आफु कार्यालय नआउने जानकारीसमेत गराएका छन् ।