शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ५ दशमलव ६० अंकले गिरावट आएको छ ।
२६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसलगतै उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर रोकिएको छ ।
आज समग्रमा बजार घटे पनि ८१ कम्पनीको सेयर मूल्य बढेको छ ।
यस्तै, बुधबार १४९ कम्पनीको मूल्य घटेको छ । यसदिन समग्र बजारमा ४ अर्ब २७ करोड ८२ हजारको कारोबार भएको छ ।