क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न निर्देशन दिएको छ ।
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवम् पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था गरिएको छ ।
समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।