आज विश्व ध्यान दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ पुष ६,शनिबार ०९:५०

काठमाडौं । आज विशव ध्यान दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको उक्त दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाइने भएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ६, २०२४ मा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । सो अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।