डाँका समूहद्वारा पूर्व गाविस सचिवको हत्या
काठमाडौं । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको लटपाट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान करिब ४ बजेको समयमा ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको हो ।
हाल घटनास्थलमा प्रहरीको टोली पुगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।