सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

तु खबर संवाददाता
२०८१ पुष ७,आईतवार १७:४२

काठमाडौं । नेपाल प्रहरीको सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति भएका ७ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनेहरुमा क्रमशः प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहेका छन् ।

उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।