कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

तु खबर संवाददाता
२०८१ पुष ७,आईतवार १७:४८
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।

गोरखाका श्रेष्ठलाई आइतबार उक्त पदमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको हो । उक्त प्रतिष्ठान पूर्णबहादुर खड्काको नेतृत्व रहेका छन् ।