नवनियुक्त पाँच राजदूतद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ पुष ८,सोमबार १४:१३

काठमाडौं । नवनियुक्त विभिन्न देशका पाँच राजदूतले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथ कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।