कास्की जिल्ला अदालतमा मंगलबार पनि बयान जारी रहने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान मंगलबार पनि जारी रहनेछ ।
कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछानेलगायतको बयान रहेको जनाइएको छ ।
सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । तीमध्ये जोशीको मात्रै बयान लिइएको अदालतले जनाएको छ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीलेसहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दर्ता गरेको थियो ।