राक्सिराङ्ग गाउँपालिकामा आज र भोलि सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ पुष ९,मंगलवार ०९:४५

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले आज र भोलि (पुष ९ र १० गते) गरी दुई दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्बीहरुका महान पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिकाभरि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको उनले बताए ।

उनका अनुसार, सार्वजनिक विदा दिने निर्णय अनुसार मङ्गलबार र बुधबार दुई गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द रहनेछ ।

साथै उनले इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।