जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की
मकवानपुर । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका संगम कार्की विजयी भएका छन् । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको निर्वाचन कार्यक्रममा कार्की ९५८ मतसहित विजयी भएका हुन् ।
कार्की पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष समेत हुन् । कार्कीसँगै सन्दिप खत्री, दीपक अधिकारी, धनराज कडेंल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुबाश गौतम, राघब कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्ष पदमा निर्वाचित भएका भएका छन् ।
त्यस्तै, महाधिवेशन अन्तरगत भएको निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसीजकी रजनी थापा, राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, सौरभ श्रेष्ठ विजयी भएका छन् ।