संघीयताको रक्षा ऐलेको आवश्यक्ता होः राष्ट्रिय सभा अध्यक्ष
मकवानपुर । संघीयता कठिन संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा, विकास र संरक्षण गर्नु अहिलेको आवश्यकता भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न ूसंघीयता, राष्ट्रिय सभा र आगामी कार्यभारू विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि दाहालले संघीयताका कारण देशमा आर्थिक समृद्धि, सुशासन, ऐन कानुन निर्माण र सामाजिक न्यायको क्षेत्रमा सुधार हुँदै गएको बताए ।
उनले संघीयताको संस्थागत विकासको लागि राष्ट्रिय सभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । संघीय संसद राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहको पक्षमा भूमिका खेल्नुपर्ने बताइन् ।
राष्ट्रिय सभाका सत्ता पक्ष र विपक्ष दलका नेता, सचेतक र सांसदहरुको सहभागिता रहेको कार्यक्रम फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको थियो।
अध्यक्ष देवकोटाले नेपालको सातै प्रदेशमा उठेका संघीयताको सवाललाई अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेका थिए ।
त्यस्तै राष्ट्रिय सभाको सचिव डा.सुरेन्द्र अर्यालले संघीयता सबलिकरण सम्बन्धमा राष्ट्रिय सभामा भएको अभ्यास र आगामी कार्यभार बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका ३३ जना सांसदहरूले कार्यपत्रका बिषयमा आ-आफ्ना सुझाव र धारणा राखेका फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले बताए ।
यसै क्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएका बेला निजामती र प्रहरी ऐन जारी गर्न लाग्दा ठुला दलका ठुला नेताहरु नै अनुदार देखिएको बताए ।
यससैगरि एकीकृत समाजवादी पार्टीका नेता वेदुराम भुसाल, सत्तापक्षका प्रमुख सचेतक कृष्णबहादुर रोकाया, संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डे, सचिब डा। रोजनाथ पाण्डेले धारणा राखेका थिए । आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले स्वागत गरेको कार्यक्रममा बोर्ड सदस्य दिलकुमारी रावल थापा९पार्वती० ले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
अन्तरक्रिया कार्यक्रम राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको होटल हिमालयमा भएको थियो ।