मउवा संघ: अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको साधारणसभा तथा निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
जस अनुसार, अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा प्रमोद सिं रानाभाट र अनिल अग्रवालको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिए ।
उनका अनुसार, ७ जना निर्विरोध निर्वाचित भएका छन् । तीमध्ये ६ जना रानाभाटको प्यानलबाट र १ जना अग्रवालको प्यानलबाट निर्वाचित भएका हुन् ।
रानाभाट प्यानलबाट निर्विरोध निर्वाचित हुनेहरूमा क्रमशः उद्योगतर्फको सचिवमा रुपकराज दाहाल, एशोसियट सचिवमा माधव ज्ञवाली र वाणिज्यतर्फको महिला आरक्षणमा निलम बजगाईं रहेका छन् । यस्तै, हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली, बहुराष्ट्रियतर्फ विक्रमकुमार सञ्जेल र मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती पनि रानाभाट प्यानलकै उम्मेदवार हुन् ।
वाणिज्यतर्फको महिला आरक्षणमा निलम पाण्डे निर्विरोध निर्वाचित भएकी छन् जो अनिल अग्रवालको प्यानलको उम्मेदवार हुन्। संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट र अनिल अग्रवालले उम्मेदवारी रहेको छ । महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई) र तेजराज अधिकारी, सह–कोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बताए ।
त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता हुँदा सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली रहेका छन् । सदस्यहरुमा भने राजेन्द्र लामिछाने(राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को उम्मेदवारी परेको छ ।
उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरेको उम्मेदवारी दर्ता हुँदा सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारीको उम्मेदवारी दर्ता भएको छ । उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको अधिकृत ढकालले बताए ।
एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाईको उम्मेदवारी पर्दा दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी छ । वस्तुगततर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेदवारी परेको छ भने सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको उम्मेदवारी छ । एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी दर्ता भएको छ ।