२५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार परिसूचाक (नेप्से) २५ अंकले घटेको छ । यसदिन नेप्से २५ दशमलव ४१ अंकले घट्दा २६०६९ दशमलव ६७ बिन्दुमा पुगेको छ ।
यस्तै, यसदिन सेयर बजारमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ । ८० लाख २१ हजार ६३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी, ३४ कम्पनीको सेयर बढेको छ भने १९४ कम्पनीको सेयर घटेको छ । ६ कम्पनीको सेयर भने स्थिर रह्यो ।