यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट सुरु हुने

तु खबर संवाददाता
२०८१ माघ १,मंगलवार १०:२५

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत्र ७ गतेबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार, पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने जनाइएको छ ।

यस्तै, दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषय।, चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिकामा उल्लेख छ ।

हेर्नुहोस् परीक्षा तालिका ।