माओवादीद्वारा विपक्षी दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ माघ २,बुधबार ०९:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ । बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको माओवादीका नेताहरुले बताएका छन् । बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको जनाइएको छ ।

यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको पनि बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

यस्तै, आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि बोलाइएको छ । उत्तबm बैठक खुमलटारमा बस्ने गरी बोलाइएको हो ।