दुई अंकले बढ्यो सेयर, ५ अर्ब ८२ करोडको काराबार

तु खबर संवाददाता
२०८१ माघ २,बुधबार १५:३५

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारको सेयर परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १ दशमलव ८३ अंकले बढेको हो ।

यसअघि सोमबार १५ दशमलव ५४ अंकले घटेर २ हजार ५९४ दशमलव १३ अंकमा बन्द भएको नेप्से आज २ हजार ५९५ दशमलव ९६ अंक पुगेको हो ।

यसदिन सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

यस्तै, आज कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।