मनहरीमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा तामाङ सामुदायको महान चाड सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ ९डुल ल्हो० सोनाम ल्होछारको अवसरमा २ दिने बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
बुधबार सोनाम ल्होसार मुल समाराह समितिले पत्रकार सम्मेलनलमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजनक सुरेश कुमार मुक्तानले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रम माघ १६ र १७ गते बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यमा हुनेछ ।
सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र झाँकी प्रदर्शन हुने ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगर, मिलन लामा, जिवन भोम्जन, बालिका तामाङसहित स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुती रहने उनले बताए ।
कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टलसँगै बाल उद्यानसहित रहेनछ । कार्यक्रममा करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
कार्यक्रमको मुख्य सहयोगीको रुपमा मनहरी गाउँपालिका र मनहरी –७ को वडा कार्यालय रहेको जनाइएको छ ।