विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन भोलिको लागि सर्यो
काठमाडौं । संघीय सांसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन भोलिको लागि सरेको छ । बुधबार बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो ।
तर, कार्यदलले ड्राफ्टलाई अन्तिमरूप दिन बाँकी रहेको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सम्मेलन भोलि दिउँसो ३ बजेका लागि सारिएको जानकारी दिए ।
उनका अनुसार, हिजो बसेको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको थियो ।
यो कार्यदलले ड्राफ्ट तयार गर्न समय लगाएपछि आजको पत्रकार सम्मेलन स्थगित भएको उनको भनाई छ ।