हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित
हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा आज बिहानैबाट हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको प्रहरीले जनाएको छ । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको जनाइएको छ ।
लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।