रुपन्देहीमा कुटपिटबाट एक मजदुरको मृत्यु
बुटवल । रुपन्देहीमा कुटपिटबाट एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत उनको कुटपिटबाट मृत्यु भएको हो । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धनका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।