रुखबाट लडेर वृद्धाको मृत्यु
स्याङजा । स्याङ्जामा रुखबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–२ की ६१ वर्षीय पोविसरा थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो गिँधरीको रूखमा घाँस काट्ने क्रममा अचानक रूखबाट लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।