माइती नेपालको आयोजनामा ३ महिने ब्यूटीपार्लर तालिम
हेटौंडा । मकवानपुरको हेटौंडामा ३ महिने ब्यूटीपार्लर तालिम आज समापन भएको छ । माइती नेपाल मकवानपुरको आयोजानमा तालिम भएको थियो ।
‘हाम्रो आवाजः चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिपमुलक तालिम सिकाएर उनीहरुको आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् ।
सो अवसरमा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले मानिस आफ्नो उद्देश्यमा अडिक भएर अगाडि बढ्नुपर्ने बताइन् । उनले जतिसुकै ठक्कर खाएपनि आफ्नो उद्देश्यप्रति मिहिनेतका साथ लागिरहनुपर्ने भन्दै एकदिन अवश्य सफल भइन्छ भन्दै प्रेरणा दिइन् । लामाले हेटौंडा उपमहानगरपालिका यस्ता खालका कार्यक्रमहरु गर्न माइती नेपालसँग सहकार्य गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संरक्षक तथा मानव बेचबिखन विरुद्धको सञ्जालकी संयोजक आरती पाठक, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, प्रशिक्षक तथा मेरी ब्यूटीपार्लकी संचालक मेरिना लामा, कोशीशको पैरवी अधिकृत सुनिरा लामा, शान्ति फाउन्डेसनको जिल्ला अधिकृत सीता गुरुङ, छोराछोरी नेपालकी जिल्ला सयोजक रीता लामा, सामुदायिक पहरीको सबिना पोखरेल, नारी संरक्षण केन्द्रकी सामाजिक परिचालिका अस्मिता प्रजा, माइती नेपालकी सरिता तामाङ र मना लामा लगायतको उपस्थिति थियो ।