त्रिविमा स्ववियु निर्वाचन सर्याे

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १६:३७
file-photo

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सारेको छ ।

आगामी फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत्र ५ गतेका लागि सारिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार, चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको हो । दुई वर्ष अघि समेत चैत्र ५ गते स्ववियसको निर्वाचन भएको थियो ।

सोही आधारमा यो पटक समेत चैत्र ५ गते गर्ने निर्णय गरिएको उनको भनाई छ ।