बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १७:१८

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको हो ।

दर्ता भएको विधेयकहरुमा क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेश सभा सचिवलायका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

यस्तै, मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि दर्ता भएको प्रवक्ता गुप्ताले बताए ।

ती संशोधन गर्नुपर्ने विधेयकलाई यही माघ तेस्रो हप्ता बस्ने प्रदेश सभा बैठकमा छलफल गराई पारित गर्ने लक्ष्य रहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।