अर्थ समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ माघ १८,शुक्रबार ०८:५५
file-photo

काठमाडौँ । अर्थ समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने जनाइएको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन पनि आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।