हेटौंडामा सानोम ल्होछार मनाइयो
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछार मनाइएको छ । बिहीबार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले तामाङ साँस्कृतिक महोत्सव–२०८१ को आयोजना गरी सोनाम ल्होछार मनाएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित टिसिएन चौरमा आयोजित उक्त महोत्सव मकवानपुर तामाङ कलाकार संघ मकवानपुरको सह–आयोजनामा भएको हो ।
कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान गरिएको थियो भने तामाङ कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रम स्थलको वरीपरी तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरुको स्टल राखी प्रदर्शन समेत गरिएको थियो ।
साथै विभिन्न क्षेत्रबाट तामाङ सँस्कृतिको जगेर्ना तथा योगदान गरेको भन्दै सञ्चारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष शर्केस घलान, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, विभिन्न वडाका वडाध्यक्षह, नेपाल तमाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला घलान, नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।