मकवानपुरमा रुखले थिचेर बालकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
मकवानपुर । मकवानपुरमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, खानिखेत बस्ने वर्ष १२ को आदर्श पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक स्यामु अर्यालका अनुसार, शुक्रबार दिउँसो २:४० को समयमा मृतक बालकका बाबु वर्ष ५५ को भागिरथ पुडासैनीले आफ्नै बारीमा रुख काटिरहेको अवस्थामा सोही रुख ढलेर आदर्शलाई लागि गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई तत्काल उद्दार गरि उपचारको लागि
काठमाण्डौ टिचिङ अस्पताल पुर्याएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । उनको शव सोही अस्पतालको शव गृहमा रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।