प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित

तु खबर संवाददाता
२०८१ माघ २६,शनिबार १९:०८

मकवानपुर । बागमती प्रदेश सभा बैठकबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ । प्रदेश सभाको आज साँझमा बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो ।

सो विधेयक प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए । त्यसअघि मन्त्री महर्जनले उक्त विधेयकमाथि दफाबार छलफलको लागि प्रस्ताव गरेका थिए ।

छलफलमा दुई जना प्रदेश सभाका सदस्यहरुले सहभागी जनाएका थिए । जसमा प्रदेश सभाका सदस्यहरु क्रमशः रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामा रहेका छन् । त्यसलगतै विधेयकमाथि छलफलमा उठेका राष्ट्रिय सरोकारको विषयमा मन्त्री महर्जनले जवाफ दिएका थिए ।

त्यसपश्चात पारित गरियोस् भनि मन्त्री महर्जनले गरेको प्रस्तावमा सबैले सहमति जनाइ सो विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

प्रदेशको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।