आज संसद्का दुवै सदनको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार ०९:००
file-photo

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । जसनुसार, दिउँसो १ बजे प्रतिनिधि सभा बैठक र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक–२०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख गरिएको छ ।

आजकै बैठकमा विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक– २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।