महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टलको समान जलेर नष्ट

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार ०९:१८

सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा आयोजित महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा जलेर नष्ट भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको उक्त महोत्सव स्थलमा आगलागी हुँदा ती स्टलको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महोत्सव स्थलमा १६० स्टल राखिएको थियो । तीमध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको हो ।

प्रहरीले आगलागी हुनुको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जनाएको छ ।