कस्तो रहला आजको मौसम
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भएको जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले देशका विभिन्न भू–भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा भने हल्का हुस्सु र कुहिरो लागेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । हुस्सु रकुहिरो लागेका ठाउँ र हिमपातको सम्भावना भएका ठाउँमा जनजीवन प्रभावित हुने भएकोले महाशाखाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।