राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० पारित भएको छ । उक्त विधेयक सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भएको हो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।