सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ गतेदेखि हुने

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार ०९:०५

मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो ।

प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । उनका अनुसार, प्रतियोगिता फागुन १२ गतेसम्म संचालन हुनेछ ।

यसअघि संस्करण जनता मावि फापरबारीमा हुँदै आएको गोल्डकप यस वर्ष भने बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने जनाइएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।