ग्यास विस्फोटमा घाइते भएका २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १०:४९
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । जिल्लाको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिण्डर विस्पोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रविन राई र भीमबहादुर घले रहेको छन् । उनीहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, गत बिहीबार मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।