मंगलबार ६०० ले बढ्यो सुनको भाउ, चाँदीको कति ?
![](https://www.tukhabar.com/wp-content/uploads/2021/08/sun.png)
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । यसदिन सुन प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ७० हजार २ सय कायम भएको छ । यसअघि सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।