आज सेयर बजार बढ्यो

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १५:२२

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार बढेको छ । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको हो ।

सोमबारको तुलनामा नेप्से परिसूचक ६ दशमलव ५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको जनाएको छ ।

यसदिन कारोबार रकम पनि केही बढेको छ । आज ७ अर्ब २४ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएको थियो ।

यस्तै, यसदिन १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।