हेटौंडा–भैसे सडकखण्ड दुईतर्फी सुचारु
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/dpo.jpg)
मकवानपुर । ग्यास बुलेट दुर्घटना हुँदा एकतर्फी मात्रै संचालनमा रहेको त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैसे सडकखण्ड दुईतर्फी सुचारु भएको छ ।
हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी सोमबार भीमफेदी गाउँपालिका वडा नम्वर १ त्रिखण्डी मन्दिर नजिकै दुर्घटना हुँदा बाटो एकतर्फी मात्रै सुचारु भएको थियो ।
उक्त ग्यास बुलेट आज दिउँसो साढे २ बजेको समयमा क्रेनको सहायताले उठाई बाटो दुबैतर्फ संचालनमा ल्याएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त दुर्घटनामा परेर मानवीय क्षति भने नभएको छैन । सो ग्यास बुलेट उठासकेपछि चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ३, कमलनगर बस्ने वर्ष अन्दाजी ३१ को रोशन थापा क्रेनबाट लड्ेर घाइते भएका छन् ।
घाइते उनको मकवानपुर सहकारी अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।